मेलबर्न : अस्ट्रेलियामा एक २६ वर्षीया महिलाले एकसाथ पाँच सन्तान जन्माएकी छन् । जसमा एक बालक र चार बालिका रहेका छन् ।
अनलाइन अखबार 'डब्ल्यूएटूडे' को समाचार अनुसार तीन सन्तानकी आमा किम तुकीले पर्थको किङ्ग एडवर्ड मेमोरियल अस्पतालमा बिहीबार पाँच बच्चा जन्माएकी हुन् ।र
अस्पतालका अनुसार एकसाथ जन्मिएका सबै शिशु स्वस्थ रहेका छन् ।
तुकीले आफ्ना पति वेगनसँग मिलेर छोरा किथ र उनका चार बहिनी अली, पेनलोप, टिफनी र बेट्रिक्सको स्वागत गरिन् । तुकीले आफ्नो गर्भ बसेपछि दैनिक ६ हजार क्यालोरी लिनुपरेको थियो ।
अस्पतालबाट विदा मिलेपछि पनि विशेषज्ञहरुको एक टीमले तुकीको रेखदेख गर्ने भएका छन् ।
annapurnapost
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.