बोधिचित्त’ हिरा जत्तिकै महँगो

‘बोधिचित्त’ हिरा जत्तिकै महँगो
काठमाडौँ । बोधिचित्त बिशेष गरी काभ्रेको तिमाल क्षेत्रमा पाइन्छ । यो एक प्रकारको वनस्पतिमा फल्ने गर्दछ । ‘बोधिचित्त’ छ्याक्रयाक्क परेको रूखमा फाल्ने ससना दानाहरु मूल्यवान हुने गर्दछ । खान नहुने ती साना दाना हिरा जत्तिकै महंगोमा बिक्री हुन्छ । जति सानो भयो उति ज्यादा दाम आउने यस बोधिचित्त फलको किनबेच बढ्दो छ । बोधिचित्त बौद्ध धर्मावलम्बीहरूले मन्त्र जप्ने मालाका रूपमा धेरै प्रयोग हुने गर्छ । १ सय ८ वटा दाना भएको मालामा यसको प्रयोग बौद्धधर्मावलम्बीहरूले गर्छन् । यसका अतिरिक्त बौद्ध गुम्बाहरूमा समेत बोधिचित्तको दाना प्रयोग हुने जनाइएको छ । कसैकसैले ब्रासलेट बनाई हातमा लगाउने, बुटीका रूपमा लगाउनेसमेत गरेको पाइन्छ । बोधीचित्त बर्षायाममात्र होइन हिउँदमा पनि रोप्न सकिन्छ तर बर्षातमा जस्तो हिउँदमा भने यसको लहर चलेको छैन । बोधिचित्त माला तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने जप गर्ने माला हो । यसको प्रयोग र महत्व बारे हाल आएर व्यापक चर्चा भइरहँदा उच्चा बजारमूल्यले गर्दा किसान र व्यवसायीलाई अत्यन्तै फाइदा भैरहेको छ । अत्यादिक माग र उच्चा मूल्यको कारण व्यवसायिक खेती गर्ने जमात गढेको सिजनमा उच्च भयो तर हिउँदमा ठप्प छ । यसलाई सौख र केही आम्दनीका लिनको लागि गमलामा पनि रोप्न सकिन्छ । बयर प्रजातिको एक प्रकारको हल्का काडा हुने रुख जसको उत्पति काभ्रेको तिमाल क्षेत्र हो । भारतमा भएको बौद्द सम्मेलन पश्चात लोकप्रिय हुन पुगेको बोधिचित्त जसको माग चीन, ताइवान, कोरिया, सिंगापुर आदि तेस्मा पनि उच्च नै रहेको छ ।
खेती प्रविधि
बोधिचित्त मालाको विरुवा समशितोष्ण भूभाग (४०० मि. देखि २३०० मि.) मा लगाउन सकिन्छ । नयाँ पलुवा र जरा आउनुभन्दा अगाडि रोपिएको विरुवा सप्रिने र राम्रो हुनका साथै छिटो फल्ने हुन्छ । तर पनि उचित हेरचाह गरेमा असाररसाउन सम्म र हिउदमा पनि यसलाई रोप्न सकिन्छ । यस विरुवालाई ठुलो गमलामा पनि सौखको लागि आवश्यक मलजल सहित रोप्न सकिन्छ भने जमिनमा धेरै संख्यमा रोप्दा ५–६ मिटरको दुरी कायम गरी रोप्नु पर्छ ।यसको वोटमा रोपेको ३–४ वर्ष देखि दाना फल्न शुरु हुन्छ ।
बजार मूल्य
बोधिचित्त मालाको बजार मूल्य यसको प्रकार र साइज अनुसार निर्धारण हुन्छ । हाल फली रहेको प्रकार अनुसार ३ देखि ७ मुखे सम्मको मुल्य प्रती गोटा रु. ४ सयदेखि ६ लाखसम्म पर्छ । त्यसैगरी दुई मुखे मालाको भने साइजअनुसार मुल्या हुन्छस ७ मिमी को १०८ गेडा (एक माला) रु. ६ लाख पर्छ भने साइज बढ्दै जाँद मूल्य कम हुँदै जान्छ । अन्त्यममा सबभन्दा ठुलो साइजको माला भने पाथिमा भरेर २५ हजारदेखि ३० हजरसम्ममा बेचिन्छ ।
बुद्ध धर्म मान्नेहरुको लागि यो माला बिषेश मानिन्छ । यसको माला दलाई लामा ले पनि प्रयोग गर्नु हुन्छ । चीन, जापान, कोरिया, थाइल्यान्ड, तिब्बत, भियतनाम, मकाउ, ताईवान आदि देशहरुमा यसको माग उच्च छ र कमसेकम १० बर्षसम्म यस्को माग उच्च नै रहनेछ ।
.janakhabar

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget