एसिया सहयोग संवादको ३४ औं सदस्य बन्यो नेपाल

काठमाडौं, फागुन २८ । नेपाल ‘एसिया सहयोग संवाद्’ (एसिडी) संस्थाको ३४औं सदस्य राष्ट्र भएको छ ।
थाइल्यान्डको राजधानी बैंककमा भएको १४औं मन्त्रीस्तरीय बैठकले नेपालको सदस्यताका लागि सर्वसम्मतिले अनुमोदन गरेको हो । बैठकमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गरेका छन् ।
सो अवसरमा उपप्रधानमन्त्री थापाले नेपाल पनि एसियन अङ्गको सदस्य भएकामा खुसी प्रकट गर्दै नेपालले एसिडीलाई प्रभावकारी संस्था बनाउन अन्य सदस्यसँग रचनात्मक ढङ्गले मिलेर काम गर्ने बताएका थिए ।
बैंककस्थित नेपाली राजदूतावासका अनुसार बैठकले निकटता, शिक्षा र मानव संसाधन विकास, खाद्य ऊर्जा र जलसुरक्षाको अन्तरसम्बन्ध, संस्कृति र पर्यटन तथा समावेशी र दिगो विकासका लागि पहुँच प्रवर्द्धनजस्ता ६ प्राथमिक विषयका प्रस्तवलाई स्वागत गरेको छ । दोस्रो एसिडी शिखर सम्मेलन आगामी अक्टोबरमा थाइल्यान्डमा हुने भएको छ । (रासस)
imagekhabar

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget