काठमाडौँ–कराँची हवाई उडान सञ्चालन गर्न आग्रह
काठमाडौँ, उपराष्ट्रपति नन्दबहादुर पुनले केही वर्षदेखि रोकिएको काठमाडौँ–कराँची हवाई उडान सञ्चालन गर्न पाकिस्तानी राजदूतलाई आग्रह गर्नुभएको छ ।
उपराष्ट्रपति कार्यालय बहादुर भवनमा पुग्नुभएका पाकिस्तानी राजदूत मजहर जाभेदसँग कुरा गर्दै उपराष्ट्रपति पुनले काठमाडौँ–कराँची हवाई उडान भएमा रोजगारीका लागि खाडीमुलक जाने नेपालीलाई ठूलो लाभ हुने बताउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो ।
राजदूत जाभेदले सन् २०१३ मा विश्वभर नै उडान कटौती गर्दा काठमाडौँ–कराँची उडान पनि कटौती भएको जानकारी गराउँदै अहिले अवस्था सहज भएकाले उडान सञ्चालन गर्न सकिने बताउनुभयो ।
यसैगरी बङ्गलादेशी राजदूत मास्फी बिन्ते साम्ससँग भएको भेटमा उपराष्ट्रपतिले दुई देशबीचको सांस्कृतिक, सामाजिक, धार्मिक, आर्थिक, शैक्षिक सम्बन्धलाई बढाउ“दै जानुपर्नेमा जोड दिनुभयो । राससNews24Nepal
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.