२७ फागुन, काठमाडौं ।
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा कसैको हार र जित नभएर सबैको जित भएको भन्दै सहमति र सहकार्यबाट अघि बढ्नु पर्ने बताएका छन् ।
सभापति निर्वाचित भएपछि पहिलो फेसबुक स्ट्याटस लेख्दै देउवाले भनेका छन्, “महाधिवेशनमा हामीले आन्तरिक प्रतिस्पर्धा मार्फत उच्चतम् लोकतान्त्रिक अभ्यास गरेका छौं ।पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा कसैको हार र जित होईन,सबैको जित भएको छ।अब हामी सबै मिलेर लोकतन्त्र को सुदृढीकरण ,संविधानको सफल कार्यान्वयन ,मुलुकको बृहत् हित र भलाई निम्ति बलियो राष्ट्रिय एकताको निर्माण गर्दै अगाडि बढनु पर्दछ।सहमति सहकार्य र एकता नै आजको आबश्यकता हो “
देउवाले पार्टी सरकारमा सहभागी हुने वा वर्तमान सरकारको विकल्प खोजिने बारे कुनै कुरा लेखेका छैनन् ।
nepaliheadline
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.