नेपाल क्रिकेट संघ (क्यान)ले विश्व क्रिकेट डिभिजन लिगको तेस्रो राउण्डको नेपाल र नामिवियाबीचको खेल नेपालबाट बाहिर नजाने क्यानले जनाएको छ। क्यानकी सिइओ भावना घिमिरेले बिहिबार विज्ञप्ति जारी गर्दै आफू निरन्तर अन्तर्राष्ट्रिय किक्रेट काउन्सिल (आइसिसी)को सम्पर्कमा रहेको उल्लेख गर्दै नामिवियासँगको खेल नेपालमै गर्न हरसम्भव प्रयास भइरहेकोले भारतमा हुने कुनै ग्यारेन्टी नभएको बताइन्।

यसअघि नेपाल र भारतका केही अनलाइनमा नामिबिया र नेपालको खेल भारतको नोयडामा हुने भनी समाचार आएको भन्दै क्यानले मैदान र खेलाडीको सुरक्षामा दिन सक्ने ग्यारेन्टी भए खेल नेपालमै हुने बताएको छ।
आइसिसीले नेपालको मैदान निरीक्षण नगरेकोले केही भन्न नमिल्ने भन्दै घिमिरेले यसका लागिसरोकारवाला निकाय नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्लाई जिम्मेवार तरिकाले प्रस्तुत भइदिन पनि घिमिरेले आग्रह गरेकी छन्।
क्रिकेटको सर्वोच्च निकाय आइसिसिले पनि नेपाल र नामिबियाको खेल नेपालमै हुने बताइरहेको छ।
सेतोपाटी
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.