साओ पाउलो– ब्राजिलियन प्रशिक्षक डुंगाले स्टार नेइमारलाई यो वर्ष एउटा मात्र प्रतियोगिता खेलाउनुपरेको खण्डमा कोपा अमेरिकाभन्दा ओलम्पिकका लागि छान्ने बताएका छन् ।
नेइमारको व्यस्त तालिका अहिले विवादको विषय बनेको छ । यद्यपि बार्सिलोनाका सुपरस्टारले सुरुमा दुवै प्रतियोगिता खेल्ने बताएका थिए । कोपा अमेरिका जुनमा अमेरिका र ओलम्पिक अगस्टमा ब्राजिलमै आयोजना हुँदैछ ।
सबै प्रतियोगिता खेलाउँदा नेइमार थाक्नेमा भने बार्सिलोनाले चासो देखाएको छ । कोपा अमेरिका आफ्नो क्यालेन्डरमा समावेश भएका कारण नेइमारलाई खेलाउनुपर्नेमा फिफाले बार्सिलोनालाई बाध्य पार्न सक्छ । तर, स्पेनिस महारथीले नेइमारलाई ओलम्पिकका लागि भने कुनै बन्धनमा राख्न चाहेको छैन । पाँचपटकको विश्वविजेता ब्राजिलले ओलम्पिकमा अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन । कोपा अमेरिका खेल्नु नपर्ने सर्तमा भने बार्सिलोनाले नेइमारलाई ओलम्पिकका लागि खुला छाड्ने सम्भावना छ ।
व्यस्तताका कारण एकमात्र प्रतियोगिताका लागि नेइमारलाई छोडिएको खण्डमा त्यति बेला ओलम्पिक प्राथमिकतामा राखिने डुंगाले बताएका छन् । 'छनोट गर्न कठिन छ । तर, त्यस्तो अवस्थामा हामीले अहिलेसम्म जित्न नसकेको ओलम्पिक प्राथमिकतामा राख्ने छौं । अर्को तथ्य त्यो प्रतियोगिता हामी घरमा खेल्दैछौं,' डुंगाले एक टेलिभिजन अन्र्तवार्ताका क्रममा भनेका छन्, 'हामीले बार्सिलोना, टिम र नेइमारसँग छलफल गर्नुपर्ने हुन्छ । सबैका लागि के उपयुक्त हुन्छ त्यो हेर्न आवश्यक छ ।'
ओलम्पिक टोलीमा २३ वर्षभन्दा बढी उमेरका ३ खेलाडी राख्न पाउने प्रावधान छ । नेइमारलाई त्यहीअनुसार टोलीमा राख्ने योजना छ । घरेलु मैदानमा दुई वर्षअघि विश्वकपको खराब प्रदर्शन बिर्सनका लागि पनि ब्राजिल ओलम्पिकमा स्वर्ण जित्न चाहन्छ । ब्राजिल विश्वकप सेमिफाइनलमा जर्मनीसँग ७–१ ले पराजित भएको थियो । कोपा अमेरिका सय वर्षमा प्रवेश गरेको छ । यसपटक जुन ३ देखि २६ सम्ममा कोपा अमेरिकाका विभिन्न १० सहरमा हुँदैछ । ब्राजिल समूह 'बी' मा पेरु, हाइटी र इक्वेडरसँग छ ।
Nepali Patro
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.