अन्डाको सेतो भाग खानुहोस्, पहेँलो भन्दा यसका फाइदै फाइदा छन्

अन्डाको सेतो भाग खानुहोस्, पहेँलो भन्दा यसका फाइदै फाइदा छन्
जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस..

भरपूर प्रोटिन पाइने अन्डामा सेतो र पहेँलो भाग हुन्छन् । धेरैले ठानेका हुन्छन्, अन्डाको सेतोभन्दा पहेँलो भाग खानु लाभदायी हुन्छ । तर, यो सोचाइ गलत हो । बरु, पहेँलो छुट्याएर सेतो भाग मात्रै खानुस्, यस्ता फाइदा हुन्छन् :
शून्य कोलेस्ट्रोल स् अन्डाको सेतो भागमा कोलेस्ट्रोलको मात्रा हुँदैन । एउटा अन्डामा हुने १८० मिलिग्राम कोलेस्ट्रोल पहेँलो भागमा मात्रै हुन्छ । तपाईं मधुमेह रोगी हुनुहुन्छ भने सेतो भाग मात्रै खाने गर्नुस् ।
आवश्यक प्रोटिन स् अन्डाको सेतो भागमा प्रोटिनको मात्रा पर्याप्त हुन्छ । एउटा अन्डाको सेतो भागमा चार मिलिग्राम प्रोटिन हुन्छ ।
सेतो भाग सेवन गरिसकेपछि कोलेस्ट्रोल हुने पहेँलो भाग खानुपर्ने आवश्यकता पर्दैन । सेतो भागमा अमिलो एसिडको मात्रासमेत प्राप्त हुने भएकाले शरीरको मांसपेशीलाई सन्तुलित बनाउन मद्दत गर्छ ।
न्यून क्यालोरी स् अन्डाको सेतो भागमा क्यालोरीको मात्रा कम हुन्छ । त्य
सैले ब्ेरकफास्टका लागि सेतो भाग उत्तम हुन्छ । एक अन्डामा झन्डै ७० क्यालोरी हुन्छ । जसमध्ये सेतो भागमा आधाभन्दा पनि कम हुन्छ । तर, तपाईं तौल घटाउन डाइटिङ प्रक्रियामा हुनुहुन्छ भने पूरै अन्डा खाए पनि खराब गर्दैन ।
बोसोरहित स् अन्डाको सेतो भागमा बोसोको मात्रा निकै कम हुन्छ ।
यसमा जम्मा पाँच मिलिग्राम फ्याट हुन्छ ।
उचित खनिज स् अन्डाको सेतो भागमा खनिजको मात्रा भरपूर हुन्छ । यसमा पोटासियम, सेलेनियम, फोलेट, क्याल्सियम, फस्फोरसको उचित मात्रा हुन्छ । अन्डाको सेतो भाग मात्रै खानाले ब्लडप्रेसर नियन्त्रण गर्नुका साथै शरीर स्वस्थ रहन्छ ।
स्रोत:- नयाँ पत्रिका
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget