श्रीमानको रक्सी खाने बानी छुटाउन अनसन

९ दिनपछि प्रहरीले मनायो
रक्सी खाएर आएर श्रीमानले दुख दिन थालेपछि सिन्धुपाल्चोक भोताङकी एक महिला ९ दिनसम्म अनसनमा बसिन्। ९ दिनपछि बुधबार जिल्ला प्रहरी प्रमुख डिएसपी विश्व अधिकारी अनुसनस्थलमा नै पुगेर उनलाई फकाएर दूध र जुस खुवाएर अनसन तोडेका छन् ।
श्रीमानलाई जण्डिस भएको र धेरै रकम खर्च गरेर उनले उपचार गराएकी थिईन। तर निको भएपछि फेरि श्रीमानले रक्सी खाएर दुख दिन थालेपछि उनी अनसनमा बसेकी थिईन । स्थानीय विभिन्न समूहले उनलाई फकाउन धैरै पहल गरेपनि उनले मानेकी थिईनन् ।
उनलाई अनसन तोडाएका सिडिओ गोर्कणमणि दुवाडी पनि भोताङ पुगेका थिए।  सिडिओ र डिएसपीसामु  उनका श्रीमानले आइन्दा रक्सी नखाने प्रतिबद्धता जनाएका थिए। मेलम्चीबाट भोताङ ३ घन्टामा पुगिन्छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget