हाेसीयार अब नेपालीलाई पनि जिका भाइरसको खतरा
२०७२ माघ १६ गते ६:०० मा प्रकाशित
जिका भाइरसबाट संक्रमित बच्चा । डेंगु सार्ने लामखुट्टेबाट जिका भाइरस सर्छ
१६ माघ, काठमाडौं । जिका भाइरसले अमेरिकालगायत विश्वका थुप्रै मुलुकमा समस्या ल्याइरहेको अवस्थामा नेपाल पनि जोखिम मुलुकको सूचीमा परेको छ ।
नेपालमा पनि बिभिन्न मुलुकका मानिसहरु आवतजावत गर्ने मुलुक भएकाले समयमै सुरक्षा अपनाउनु बुद्धिमानी हुने भन्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई सुरक्षा सतर्कता अपनाउन भनेको नेपाल समाचारपत्र दैनिकमा समाचार छ । साथै जनचेतनामुलक कार्यक्रममा सरिक हुन समेत सो संगठनले सुझाव दिएको छ ।
विश्व स्वास्थ्य संगठनले अमेरिकी मुलुकहरुमा देखिएको जिका भाइरसले महामारीको रुप लिन सक्ने चेतावनी दिएसँगै अमेरिकालगायत अन्य मुलुकमा जोखिममा रहेका गर्भवती नेपाली महिलालाई नेपाल फर्कन आग्रह गरिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले जिका भाइरसको संक्रमण देखिएका ल्याटिन अमेरिकी मुलुकमा रहेका नेपाली गर्भवती महिलालाई अत्यावश्यक काम परेको अवस्थमा बाहेक जोखिमयुक्त मुलुकमा नबसी नेपाल फर्कन नेपाली दूतावासमार्फत् आग्रह गरिएको जानकारी गराए । उनले सकेसम्म अमेरिकालगायत संक्रमण देखिएका मुलुकमा गर्भ परीक्षणसमेत नगराउन आग्रह गरेको जानकारी दिए ।
onlinekhabar
Post a Comment