नेपाल विश्वकप क्रिकेटको क्वाटरफाइनलमा, सोमबार भारतसँग भिडन्त हुने

काठमाडौं, १६ माघ । बंगलादेशमा जारी यू–१९ विश्वकप क्रिकेटमा नेपाल एक खेल अगावै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शनिबार लगातार दोस्रो जित दर्ता गरेको नेपालले न्यूजिल्यान्डको पराजयसँगै एक खेल अगाडि नै क्वाटरफाइनल यात्रा तय गरेको हो ।
नेपालले विहीबारको आफ्नो पहिलो खेलमा न्युजिल्यान्डमाथि ३२ रनको विजयी हात पारेको थियो । दोस्रो खेलमा आज नेपालले आयरल्यान्डलाई ८ विकेटले पराजित गर्यो ।
आजै भएको समूह चरणको अर्को खेलमा भारतले न्युजिल्यान्डलाई १ सय २० रनले पराजित गरेपछि नेपाल क्वाटर फाइनलमा पुगेको हो ।
समूह डीमा रहेको नेपाल समूहचरणको अन्तिम खेलमा सोमबार भारतसँग भिड्दै छ । अब भारतसँग पराजित भएपनि नेपालले सेमिफाइनल खेल्न पाउनेछ ।
तर, नेपाली टोलीका प्रशिक्षक जगत टमटाले भारतलाई पराजित गर्न खेलाडीहरु शारीरिक र मानसिक रुपमा तयारीमा जुटेको बताए । बंगलादेशबाट टेलिफोनमा उनले भने– ‘भारतलाई जसरी पनि पराजित गर्ने हाम्रो लक्ष्य छ र खेलाडीहरुमा त्यो कन्भिडेन्स मैले पाएको छु ।’
dainiknepal

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget