संसद्मा नाचगान गरी सैनिक शासनको बिदाइ
माघ १७, २०७२- बर्मामा शनिबार संसद्मा नाचगान गरी दशकौंदेखिको सैनिक शासन अन्त्य गरिएको छ ।
सधैं सपाट र रूखो देखिने संसद्भवन शनिबारचाहिँ नाचगान र अट्टाहसले गुन्जेको थियो । सामान्यत: सैन्य अनुशासनबमोजिम एकदमै औपचारिक रहने राजनीतिज्ञहरू निकै आल्हादित रहे ।
यो नाटकीयताले धेरै सांसदहरूलाई बिदाइ गरेको छ । उनीहरूलाई नोभेम्बर महिनामा सम्पन्न ऐतिहासिक चुनावबाट विजयी नेताहरूले सोमबारदेखि विस्थापित गर्नेछन् । आङ सान सुकीले आफ्नो दलका लागि ‘बाटो खोलेका’ मा आफ्ना विपक्षीहरूलाई धन्यवाद दिएकी छन् । ‘हामी आफ्नो देश र जनताका लागि सहकार्य गर्न सक्छौं भन्ने मेरो विश्वास छ । चाहे त्यो संसद्भित्र होस् या बाहिर,’ उनले भनिन् ।
बीबीसीका जोना फिसरका अनुसार सैन्य पृष्ठभूमिका कठोर मानिसहरूले भरिपूर्ण बर्मेली संसद्मा रमाइलो भन्ने शब्द प्राय: जोडिन्नथ्यो । यसपटक संसद्को ५ वर्षे कार्यकाल अन्त्य हुँदाचाहिँ स्कुले जीवनको झझल्को दिलाउने घटना भयो ।
संसद्हरू स्टेजमा पुगेर बिदाइका गीतहरू गाउन थाले । निवर्तमान सभामुख से मानले दर्शक दीर्घासमक्ष आफूलाई साथ दिन आग्रह गर्दै ‘सपना साकार हुन सक्छ’ भन्ने बोलेको गीत गाउन थाले ।
नयाँ संसद्को अबको सबैभन्दा पहिलो काम नयाँ राष्ट्रपति चुन्नु हुनेछ । वर्तमान राष्ट्रपति थेन सेन मार्चको अन्त्यतिर पदमुक्त हुँदै छन् ।
सेनाद्वारा १५ वर्ष नजरबन्द भएकी प्रजातन्त्रवादी नेतृ सुकीचाहिँ नयाँ राष्ट्रपति बन्ने अवसरबाट अहिलेसम्म संवैधानिक रूपमै टाढै छिन् । किनकि उनका छोराहरू बर्मेली नभएर बेलायती हुन् ।
तर एउटा अनुमान के छ भने उनलाई राष्ट्रप्रमुख बनाउन सेनासँग एउटा सम्झौता हुन सक्छ ।
ekantipur
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.