रसियामा शक्तिशाली भूकम्प, १६० किलोमिटर गहिराईमा केन्द्रबिन्दु
मस्को–रसियामा शनिबार शक्तिशाली भूकम्प गएको छ । सो भूकम्प ७ रिक्टर स्केलको रहेको अधिकारीहरुले जनाएका छन् ।
अधिकारीहरुका अनुसार रसियाली सुदुरपुर्वी क्षेत्रलाई सो भकम्पले हल्लाएको थियो । शनिबार एका बिहानै सो भूकम्प गएको बताइएको छ ।
रसियाली सुदुरपुर्वी पहाडी क्षेत्र काम्चाकारीमा करिब १६० किलोमीटर गहिराईमा केन्द्रबिन्दु रहेको सो भूकम्पबाट भएको क्षतिको विवरण भने आएको छैन ।
रसियाली आपतकालीन व्यवस्थापन मन्त्रालयले दिएको जानकारी अनुसार भूकम्प शक्तिशाली थियो र त्यसपछिको उद्वारको काम भइरहेको छ ।
अधिकारीहरुले सो क्षतिको विवरण आइपुगेको छैन र ठूलो सङ्ख्याका प्रहरी, सेनासहितका उद्वारकर्मीले सो कार्यलाई तिब्रताका साथ अघि बढाएका बताएका छन् ।
ratopati
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.