यी अभिनेता, जसको हातबाट एक वर्षमै १२ वटा फिल्म गुम्यो

एजेन्सी मुम्बई, माघ १६

चेतन भगतको उपन्यास ‘द थ्री मिस्टेक्स अफ माइ लाइफ’ माथि बनेको फिल्म ‘काइ पो चे’ बाट एक त्यस्ता अभिनेता उदाए, जसलाई बलिउडले ‘होनाहार’ अभिनेता मान्यो । ती अभिनेता अर्थात् धारावाहिक टेलिश्रृंखलाका चर्चित अनुहार सुशान्तसिंह राजपुत जसलाई अभिषेक कपुरले फिल्ममा ब्रेक दिएका थिए ।

तिनै अभिषेकले आफूले डेब्यु गराएको अभिनेतालाई नयाँ फिल्ममा अभिनय गर्न प्रस्ताव राखेका थिए । शुद्ध देशी रोमान्स, पीकेजस्ता फिल्मबाट राम्रो अभिनेताको छवि बनाइसकेका राजपुतले अझै ठूलो ब्यानरका फिल्म पाउने आशामा अभिषेकको प्रस्ताव अस्विकार गरिदिए । यस्तै हुँदाहुँदै सन् २०१५ मै उनको हातबाट १२ वटा फिल्म गुम्यो ।

अहिले उनलाई कुनै फिल्म छोड्न नहुने महसुस भएछ । उनले भने,‘चाहे ठूलो ब्यानरको होस् या सानो ब्यानरको, अब म एउटा फिल्म पनि छोड्दिन । गत वर्ष मेरो हातबाट १२ वटा फिल्म उम्क्यो । मलाई पछुतो त छैन तर, अब भने यस्तो कुरामा एकदमै संवेदनशिल हुन्छु ।’

राजपुत हाल क्रिकेटर एमएस धोनीको जीवनमाथि बन्ने फिल्ममा धोनीको भूमिका निभाइरहेका छन् ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget