राजुकाजी शाक्यलार्इ प्रशिक्षकको जिम्मेवारी
अखिल नेपाल फुटवल संघ एन्फाले भारतको गुहाटीमा हुने १२ औँ साग फुटबलमा भाग लिने खेलाडीको छनोट गरेको छ। तर बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको उपाधि जिताउँदा टोलीको प्रशिक्षक रहेका बालगोपाल महर्जन र गोलकिपर प्रशिक्षक उपेन्द्रमान शाक्यलाई प्रशिक्षकको जिम्मेवारीबाट मुक्त गरिएको छ।
टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी राजुकाजी शाक्यलाई दिइएको छ भने गोलकिपरको प्रशिक्षकमा मृगेन्द्र मिश्र र व्यवस्थापकमा विराटजंग शाहीलाई जिम्मेवारी दिइएको छ।
एन्फाले आइतवार विराज महर्जनको कप्तानीमा २३ सदस्यीय युवा फुटबल टोलीको घोषणा गरेको हो। एन्फाले घोषणा गरेको राष्ट्रिय फुटबल टोलीमा यसअघि बंगबन्धु गोल्डकप खेलेका खेलाडीलाई नै समावेश गरिएको छ।
घोषित टोलीका गोलकिपरहरुमा विकेश कुथु, एलन न्यौपाने र अमृत चौधरी छन् ।
यस्तै डिफेन्डरहरुमा आदित्य चौधरी, अनन्त तामाङ, कप्तान विराज महर्जन, दिनेश राजबंशी, मनबहादुर तामाङ र कमल श्रेष्ठ रहेका छन्। मिडफिल्डरमा बिक्रम लामा, विशाल राई, हेमन गुरुङ, जगजित श्रेष्ठ र प्रकाश बुढाथोकी रहेका छन्।
यस्तै स्ट्राइकरहरुमा अन्जन विष्ट, बिमल घर्ती मगर, नवयुग श्रेष्ठ, रन्जन विष्ट, सुनिल बल र सुमन लामालाई समावेश गरिएको छ।
गुहाटीमा हुने फुटबल प्रतियोगीतामा नेपाल भुटान र बंगलादेशसँगै समूह बीमा परेको छ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.