सन्दीप र योगेन्द्र चम्किएपछि नेपाल क्वाटरफाइनलमा

यु-१९ विश्वकप क्रिकेट
सन्दिप लामिछाने र योगेन्द्र सिंह कार्कीको उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल दोस्रो पटक अन्डर १९ विश्वकप क्रिकेटको क्वाटरफाइनल प्रवेश गरेको छ। शनिबार बंगलादेशको फतुल्लाह रंगशालामा भएको आफ्नो दोस्रो खेलमा नेपालले आयरल्याण्डमाथि ८ विकेटको फराकिलो जित निकाल्यो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड नेपाली बलरसामु टिक्न सकेनन्। सन्दीप लामिछाने ह्याट्रिकसहित पाँच र प्रदिप ऐरीले दुर्इ विकेट लिएपछि निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १३१ रनमा समेटियो।  १३२ रनको लक्ष्य पाएको नेपालले योगेन्द्र सिंह कार्कीले अविजित ६१ रन बनाएपछि २५ ओभर ३ बलमै पुरा गर्‍यो।

यस्तै सुनिल धमलाले २८ तथा आरिफ सेखले नटआउट ३१ रन बनाए। यु-१९ विश्वकप २०१६ मै पहिलो ह्याट्रिक गरेका उनले आयरल्याण्डविरूद्ध १० ओभर बलिङ गरेर २७ रन खर्चिएका थिए।  यसै विश्वकपबाट डेब्यू गरेका उनले ३१ औँ ओभरको चौथो, पाँचौँ र छैटौँ बलमा लगातार विकेट लिँदै ह्याट्रिक लिएपछि आयरल्याण्ड धरासायी बन्यो।
यस्तै प्रदिपसिंह ऐरीले २ तथा सुनिल धमला र सुशील कँडेलले एक-एक विकेट लिएका थिए। यसअघि पहिलो खेलमा टेष्ट मान्यता प्राप्त टोली न्यूजिल्याण्डलाई ३२ रनले हराएसँगै समूह डीमा रहेको नेपाल भारतसँगै विश्वकप क्रिकेटको क्वाटरफाइनल प्रवेश गरेको छ। यसअघि नेपाल सन् २००० को यू-१९ विश्वकपको क्वाटरफाइनल पुगेको थियो। अब नेपालले लिग चरणको अन्तिम खेलमा सोमबार भारतको सामना गर्नेछ।
(सेतोपाटी)

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget