स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा रहेको बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको मड्रिडलाई पराजित गरेको छ। गएराति आफ्नै घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा ९ खेलाडीमा सीमित भएको एथ्लेटिकोलाई बार्सिलोनाले २–१ गोल अन्तरले पराजित गरेको हो।
जितसँगै बार्सिलोनाले लिगमा अंक दूरीमात्रै बढाएन, उपाधि होडलाई समेत बलियो बनाएको छ।
खेलमा अग्रता भने एथ्लेटिकोले खेलको १० औँ मिनेटमै कोकेको गोलबाट लिएको थियो। तर खेलको ३० औं मिनेटमा बार्सिलोनाका लियोनल मेसीले गोल गर्दै खेललाई बराबरीमा ल्याए। मेसीले गोल गरेको ८ मिनेटपछि नै लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमै २–१ के अग्रता दिलाएका थिए।
दुई खेलाडी रातो कार्ड खाँदै मैदान बाहिरएपछि झनै दबाबमा परेको एथ्लेटिको मड्रिडले गोल गर्ने केही मौका पाएपनि सदुपयोग गर्न सकने। फिलिप लुइस र गोडिन दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।
बार्सिलोनको २१ खेलबाट ५१ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमै कायम रहेको एथ्लेटिको मड्रिडको ४८ अंक छ। तेस्रो स्थानमा रहेको रियल मड्रिडको २१ खेलबाट ४४ अंक छ। setopati
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.