मेलबर्न, माघ १६ । अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता अन्तर्गत महिला एकलतर्फको उपाधि जर्मनीकी एन्जेलिक कर्बरले हासिल गरेकी छन् । उनले २१ ग्राण्ड स्लाम विजेता अमेरिकी प्रतिद्वन्द्व सेरेना विलियम्सलाई स्तब्ध तुल्याउँदै उपाधि हात पारेकी हुन् ।
एन्जेलिकले सेरेनालाई ६–४, ३–६, ६–४ ले पराजित गरेकी हुन् । उनको यो पहिलो ग्राण्ड स्लाम उपाधि हो ।
उपविजेतामा चित्त बुझाउन बाध्य सेरेनाले यसअघि ६ पटक अस्ट्रेलियन ओपनमा महिला एकलतर्फको उपाधि हात पारेकी थिइन् ।
एन्जेलिकले जोडदार सुरुवात गर्दै पहिलो सेटमै सेरेनालाई पछि पारिन् । कुनै सेट नगुमाई फाइनलसम्म पुगेकी सेरेनाले पहिलो सेट गुमाएपछि खेलमा पुनरागमन गर्दै एन्जेलिकलाई दोस्रो सेटमा ६–३ ले पछि पारिन् । तर अन्तिम तथा निर्णायक सेटमा सेरेनाको केही जोर चलेन ।
imagekhabar.com
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.