एजेन्सी : पूर्वी रूसमा शनिबार बिहान ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (युएसजीएस) ले यो भूकम्पबारे जानकारी दिएको हो । युएसजीएसका अनुसार भूकम्प अन्तरराष्ट्रिय समयानुसार शनिबार बिहान ३ बजेर २५ मिनेटमा गएको हो ।
यो भूकम्पको केन्द्र रूसको पूर्वोत्तरमा अवस्थित येलिजोवो शहरबाट करिब ९५ किलोमीटर टाढा पृथ्वीको सतहभन्दा १६० किलोमीटर तल गएको हो ।
राष्ट्रिय एवम् प्रशान्त सुनामी चेतावनी केन्द्रले बताए अनुसार यो भूकम्पबाट सुनामी आउने कुनै खतरा छैन ।
भूकम्पका कारण कोही हताहत नभएको र कुनै प्रकारको नोक्सान भएको जानकारी आएको छैन ।
यो भूकम्प प्रशान्त महासागर नजिकै 'रिङ्ग अफ फायर' बाट केही दुरीमा आएको हो । यो स्थानमा प्रायजसो भूकम्प गएर ज्वालामुखी निस्कने खतरा रहिरहन्छ ।
annapurnapost
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.