विश्वका २० प्रदुषित सहरमा १३ भारतीयमात्रै !

कसैलाई तपाईँ विश्वका सबैभन्दा प्रदुषित र फोहरी सहर कुन हो भनेर सोध्यो भने धेरैले दिने उत्तर हो – चीनको राजधानी बेइजिङ। तर यथार्थ के हो भने चीनको राजधानी भारतको राजधानी नयाँ दिल्लीभन्दा आधामात्रै प्रदुषित छ।

अर्को तथ्य के हो भने विश्वका २० सबैभन्दा प्रदुषित सहरहरुमध्ये १३ वटा भारतभित्रै छन्। विश्व स्वास्थ्य संगठनको गत वर्षको प्रतिवेदनले यही तथ्य बाहिर ल्याएको छ। एसियाको तेस्रो ठूलो अर्थतन्त्र भएको भारतका लागि यो तथ्य सबैभन्दा तर्साउनेखालको छ।

विश्वका ९१ मुलुकका १ हजार ६ सय सहरमा त्यहाँको हावा परीक्षण गरिएको थियो। बिहान १० देखि दिउँसो साढे २ बजेबीचमा गरिएको अध्ययनले यस्तो तथ्य निकालेको थियो। स्वासप्रस्वासका लागि प्रदुषित सहर सबैभन्दा खराब अवस्थामा छन् जसले विभिन्नखाले रोगको उत्पादन गरिरहेको छ।

नयाँ दिल्लीमा औषत प्रति क्युबिक मिटर हावामा १ सय ५३ माइक्रोग्राम फेला परेको छ जसलाई विश्व स्वास्थ्य संगठनले अधिकतम भनेको छ।
pahilopost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget