काठमाडौँ : बंगलादेशमा भइरहेको यु–१९ विश्वकपको क्वार्टरफाइनलमा पुगिसकेको नेपाल र भारतको क्रिकेट टोली समूहको शीर्ष स्थान पाउनका लागि आज लिग चरणको अन्तिम खेल खेल्दैछन्। नेपालले यो
प्रतियोगितामा खेलेका खेलहरुमध्ये पहिलो खेल आज टेलिभिजनमा लाइभ प्रसारण हुँदैछ। विश्वकपका ४८ खेलहरुमध्ये २० वटा खेलमात्र आइसिसीले टिभीमा लाइभ गर्दैछ। नेपालको यही खेल लाइभ हुने सूचीमा छ। दोस्रो चरणका खेलहरुमा को-को खेल्ने तय भइनसकेकोले बंगलादेश वा नामिबियासँग नेपालले खेल्ने क्वार्टरफाइनल लाइभ हुने नहुने निश्चित छैन। भारत र नेपालबीचको खेल भने आइसिसीले लाइसेन्स दिएको स्टार स्पोर्टसको च्यानल १ र स्टारस्पोर्टस् एचडी १ मा लाइभ हुनेछ। त्यसैगरी स्टारस्पोर्टसले इन्टरनेटमा पनि यसको लाइभ स्ट्रिमिङ गर्नेछ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.