मनाङ कि आर्मी, कसले जित्ला उपाधि ? दर्शकलाई पनि एक तोला सुन उपहार

पोखरा, माघ १५ । पोखरामा जारी १४औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि छिनोफानो शनिबार हुँदैछ ।

उपाधिका लागि फाइनलमा मनाङ–मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन् ।

खेलअघि शुक्रबार भएको पत्रकार सम्मेलनमा दुबै टिमका प्रशिक्षक र कप्तानले आफ्नो टिमले उपाधि जित्ने ठोकुवा गरेका छन् ।

मनाङ प्रशिक्षक छिरिङ लोप्साङले आफ्नो टिम लयमा रहेकाले उपाधि जित्ने बताए ।

त्यस्तै, आर्मी प्रशिक्षक मेघराज केसीले पनि टिमले यसअघि ठोस प्रदर्शन गरेकाले उपाधि आफ्नो क्लबको हुनेमा विश्वस्त रहेको बताए ।

झापा–११ लाई पराजित गर्दै मनाङ–मर्स्याङ्दी तथा आयोजक सहारा क्लबलाई हराएर आर्मी फाइनलमा पुगेको हो ।

१० टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेताले पाँच लाख एक हजार एक रुपैयाँ जित्दा उपविजेताको भागमा दुई लाख ५१ हजार एक रुपैयाँ पर्नेछ ।

यसपटक प्रतियोगिता अवधिभर खेल हेर्ने दर्शकमध्ये एकजनाले एक तोला सुनसमेत उपहार पाउने आयोजकले जनाएको छ ।
imagekhaba
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget