उनलाई गृह जिल्लाकै जनताले समस्यामा पारेका हुन् । गृह जिल्ला सर्लाहीका हजारौं जनताले सार्वजनिक सभा गरेर राजेन्द्र महतोको नागरिकताको छानविन गरी कारवाही गर्न माग गरेका हुन् ।
तराई मधेससँग मिसिएको बीचको भागमा चुरे प्रदेश मागिरहेका चुरे क्षेत्रका जनताले शनिबार सर्लाहीमा आयोजित विशाल आमसभामा बोल्दै महतो नागरिकता छानविनको माग गरे । ‘भारतबाट आएर नेपालमा आतंक मच्चाउनेको नागरिकता छानविन हुनुपर्छ । कारवाही गर्नुपर्छ,’ सर्लाही हरिवनका रामहरि साहले भने ।
महतोको नागरिकता छानविन गर्न माग गर्ने अधिकांश वैद्य माओवादी समर्थक थिए, भने चुरे भावर राष्ट्रिय एकता पार्टीका नेता कार्यकर्ताले पनि महतोको नागरिकता छानविन गर्न माग गरे । उनीहरुले नागरिकता छानविन नगरे सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिए ।
dainiknepal
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.