१७ माघ, काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूको आसन्न राष्ट्रिय सम्मेलनमा ओली पक्षले नवीना लामालाई अध्यक्षको उम्मेद्वार बनाउने औपचारिक टुंगो लगाएको छ ।
एउटै गुटबाट अध्यक्षको दौडमा रहेका ऐन महर र नवीना लामामध्ये नवीना अध्यक्षको उम्मेद्वार बन्ने निश्चित भएको हो । महर महासचिव बन्ने सम्भावना छ ।
अखिलका पूर्वअध्यक्षहरु भानुभक्त ढकाल, खिमलाल भट्टराई, माधव ढुंगेल लगायतको पहलमा महर पछि हटेका हुन् । महासचिवमा महरको नाम आए पनि रश्मी आचार्य र उनीवीच सहमति जुटाउने प्रयास भइरहेको छ ।
ओली पक्षले आइतबार नै नयाँ बानेश्वरबाट उम्मेद्वारी घोषणा गर्नेभएको छ ।
माधव नेपाल पक्षले भने दीपक गौतमलाई अध्यक्षको उम्मेद्वार बनाउने भएको छ । नेता योगेश भट्टराईको पहलमा नेपाल पक्षले गौतमको प्यानल घोषणा गर्ने तयारी गरिरहेको छ ।
-onlinekhabar
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.