यु-१९ विश्वकपः भारतलाई हराउने सुरमा नेपाल
काठमाडौं— करिब १६ वर्षपछि १९ वर्षमुनि (यु–१९) विश्वकपको क्वाटर फाइनलमा पुगेको नेपाली युवा क्रिकेट टोलीले लिग चरणको अन्तिम अन्तिम खेलमा भारतको सामना गर्ने भएको छ।
बङ्गलादेशको फाल्तुल्हास्थित खान साहेब उस्मान अली रङ्गशालामा नेपाली टोली पूर्ण आत्मविश्वास र विजय लक्ष्य सहित मैदानमा उत्रिनेछ। प्रतियोगितामा नेपाल र भारत दुवै टोलीको गणितीय तथ्याङ्क खासै फरक छैन। दुवै टोली एक खेल अगावै क्वाटर फाइनलमा प्रवेश गरेका हुन्। प्रतियोगितामा दुवै टोली अपराजित छन्। 'समूह डी'मा रहेको नेपाल ४ अङ्कका साथ रनरेटका आधारमा लिगको दोस्रो स्थानमा तथा समान ४ अङ्क नै जोडेको भारत लिगको शीर्ष स्थानमा छन्।
नेपाल भारतलाई हराएर समूह विजेता बन्ने दाउमा छ। जारी प्रतियोगितामा नेपालले न्युजिल्याण्ड जस्तो बलियो ठानिएको टोली र आयरल्यान्डलाई सहजै हराएर मनोबल उच्च पारेको छ।
पहिलो खेलमा नेपालले न्युजिल्यान्ड टोलीलाई ३२ रनले पराजित गरेको थियो। दोस्रोमा आयरल्यान्डविरुद्ध आठ विकेटको जित हासिल गरेको थियो।
त्यस्तै भारतले पनि पहिलो खेलमा आयरल्यान्डलाई ७९ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा न्युजिल्यान्डलाई १२० रनले पराजित गरेको थियो। चार टोली सम्मिलित 'समूह डी'मा न्युजिल्यान्ड र आयरल्यान्ड प्रतियोगितबाट बाहिरिसकेका छन्। रासस
nagariknews
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.