पाँच विकेट लिने सन्दिप को हुन्?
काठमाडौं-ढाकामा भैरहेको आइसीसी यु–१९ विश्व कप क्रिकेटमा शनिबार आयरल्यान्ड विरुद्ध ह्याट्रिक सहित ५ विकेट लिएका सन्दिप नवलपरासीका हुन्। उनले चितवनबाट घरेलु क्रिकेट खेल्ने गर्छन।
चितवनमा यु–१९ टोलीमा प्रतिनिधित्व गर्ने उनी तेस्रो खेलाडी हुन्। उनीसँगै चितवनका सुशील कडेंल र दिपेश श्रेष्ठ यु–१९ टोलीमा छन्। एक वर्ष अघि चितवन क्रिकेट एकेडेमीको निमन्त्रणमा तत्कालिन राष्ट्रिय टोलीका प्रशिक्षक पुबुद दासानायकेले नारायणगढ गएका बेला सन्दिप उनको आँखामा परेका थिए। राजु खड्काको प्रशिक्षणमा क्याम्पा चौरमा खेलिरहेको सन्दिपलाई दासानायकेले काठमाडौ बोलाएर बन्द प्रशिक्षणमा राखेको थिए। उनले यु–१९ विश्व कप छनोटको लागी काठमाडौंमा गरिएको सुपर लिग प्रतियोगितामा सवार्धिक १२ विकेट लिदै यु–१९ टोलीमा स्थान बनाएका थिए। शनिबार उनै सन्दिप नेपालको तर्फबाट सर्वाधिक विकेट लिने खेलाडी बने।
yejensy-
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.