डण्डीफोर नियन्त्रणमा राख्ने ५ टिप्स

डण्डिफोर र हाम्रो खाने बानीमा धेरै सम्बन्ध छ। हाम्रो शरिरमा आउने डण्डीफोरलाई हामिले खानेकुराहरुबाट नियन्त्रण गर्न सक्छौँ। डण्डीफोर धेरैजसो किशोर उमेरमा आउने गर्दछ। महिलाहरुको गर्भावस्थामा पनि हर्मोनको परिवर्तनले डण्डिफोर आउने गर्दछ।


डण्डीफोर छालामा रहेको स-साना प्वालहरुमा तेलको मात्रा बढि जम्मा भएर उत्पन्न हुने गर्दछ। यि प्वालहरुमा रहेको सेबाषियस ग्रन्थि(sebaceous gland)बाट ‘सेबम’ भन्ने तेलजस्तो पदार्थ उत्पादन हुन्छ। छाला बाहिरबाट धुलोमैलोले ढाकिएपछि छालामा रहेको मृत कोषहरु बाहिर नगई भित्र सेबममानै टाँसिएर बस्छन्।

जसले गर्दा ती स-साना प्वालहरु पुरिन्छ। किशोर उमेरमा छाला मोटाउन थालेपछि सेबाषियस ग्रन्थिले झन धेरै सेबम उत्पादन गर्छ र यो प्रक्रिया झन बढ्छ। सेबमले बिभिन्न किटाणुहरु आकर्षित गर्छ जसको कारण ति साना प्वाल भएको क्षेत्र फुल्न थाल्छ र यसलाई नै हामी डण्डीफोर भन्छौँ।

डण्डीफोरको हटाउने पद्धतीहरु प्रचलनमा छ। फिजिसियनहरुको निर्देशन अनुसार बजारमा किन्न सकिने धेरै उत्पादनहरुले डण्डीफोरको उपचार हुनसक्छ। तर घरैमा बसेर पनि डण्डीफोरको सजिलो रोकथाम गर्न सकिन्छ। घरमा नै डण्डीफोरलाई नियन्त्रण गर्ने केहि उपाय यस्ता छन्।

१. दुध, दही जस्तो डेरी उत्पादनहरुम अक्सिटोसिन पाइन्छ। यो एक हर्मोन हो, गाईलाई यो हर्मोन सुईद्वारा दिईएको हुन्छ। यसरी हर्मोन भएको डेरी उत्पादनको उपयोगले शरिरको हर्मोन लेभललाई बढाउने गर्दछ। त्यसैले डण्डीफोर धेरै भएको अवस्थामा सकेसम्म डेरी उत्पादनको सेवन कम गर्दा नै राम्रो हुन्छ।


२. दुध सेवनको मात्रा कम गर्नाले शरिरमा क्यालसियमको कमि हुन सक्छ। क्यालसियम स्वस्थ छाला र बलियो हड्डीको लागि एकदमै महत्त्वपुर्ण हो। हरियो सब्जीहरुमा पनि क्यालसियम पाउन सकिन्छ। त्यसैले पालुड़गो, बेथे, रायोको साग जस्ता हरियो तरकारी खान सकिन्छ।

३. धेरैजसो चिनी बढि मात्रामा सेवन गर्नेको डण्डीफोर बढी आउने गर्छ भनेर अनुसन्धानबाट थाहा भएको छ। हाम्रो खानपानमा चिनी बिभिन्न माध्यम जस्तै चिया, मिठाई, सर्बत, जुसबाट आँउछ । चिनीयुक्त पदार्थको सेवन कम गरेर वा बन्द गरेर पनि डण्डीफोरलाई नियन्त्रण गर्न सकिन्छ।



४.घ्युकुमारी(एलोवेरा) नामको विरुवा धेरैजसो छाला र सौन्दर्यको उपचारमा प्रयोग हुने गर्दछ। एलोवेरा को पातहरुमा जेलजस्तो पदार्थ जमेको हुन्छ। यो पदार्थ छालाको लागी निकै फाइदाजनक हुन्छ। दिनमा दुई चम्चा जति एलेवेरा पानिमा मिसाएर खाने बानी राखे शरिरमा डण्डीफोरको मात्रा निकै कम गर्न सकिन्छ। यो बानीले डण्डीफोर विस्तारै आफै कम भएको पनि देख्न सकिन्छ। साथसाथै यसले छालालाई सफा र स्वच्छ पनि राख्दछ।

५. धेरैजनाको डण्डीफोर मौसम परिवर्तनसँग वा शरिर कुनै स्वास्थ्य सम्बन्धि गढबढी हुँदा पनि आउने गर्दछ। पेटमा समस्या भए अनुहारको छालामा प्रत्यक्ष प्रभाव पर्छ। अनुहारको छाला राम्रो बनाउन अनि डण्डिफोर कम गर्न पेट सफाहुनु जरुरी हुन्छ। अमिलो पिरो खानाको कम सेवन गर्ने, समयमै खाना तथा नास्ता खाने अनि पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्छ।


Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget