१८ माघ, काठमाडौं ।
नेपालको अण्डर १९ टिम यतिबेला क्रिकेट पावर राष्ट्र भारतको समकक्षी टिमसँग भिडिरहेको छ । बङ्गलादेशको फाल्तुल्हास्थित खान साहेब उस्मान अली रङ्गशालामा नेपाली टोली पूर्ण आत्मविश्वास र विजय लक्ष्य सहित मैदानमा छ ।
हुन त नेपालले ओपनर सहित ४ विकेट गुमाइसकेको छ । यद्यपी नेपालको मनोबल कायम राख्न सकेमा भारतीय टिमलाई नेपालले हराउन सक्ने विश्लेषकहरु बताउँछन् । मिडललाइन ब्याट्सम्यान वा अलराउण्डर चम्किएमा नेपालल नतिजा आफ्नो पक्षमा पार्न सक्छ ।
यु-१९ विश्वकप- नेपाल र भारतको बिच खेल लाइभ भिडियो
अघिल्लो खेलमा केही नेपाली मिडलाइन ब्याट्सम्यानहरुको राम्रै ब्याटिङ देखिएको थियो । त्यकारण अझै पनि भारतसँग जितको सम्भावना कायमै छ । मानसिकरुपमा भारतलाई नेपाललाई भन्दा बढी दवाव छ ।
नेपाल भारतलाई हराएर समूह विजेता बन्ने दाउमा छ। जारी प्रतियोगितामा नेपालले न्युजिल्याण्ड जस्तो बलियो ठानिएको टोली र आयरल्यान्डलाई सहजै हराएर मनोबल उच्च पारेको छ।
पहिलो खेलमा नेपालले न्युजिल्यान्ड टोलीलाई ३२ रनले पराजित गरेको थियो। दोस्रोमा आयरल्यान्डविरुद्ध आठ विकेटको जित हासिल गरेको थियो।
त्यस्तै भारतले पनि पहिलो खेलमा आयरल्यान्डलाई ७९ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा न्युजिल्यान्डलाई १२० रनले पराजित गरेको थियो। चार टोली सम्मिलित ‘समूह डी’मा न्युजिल्यान्ड र आयरल्यान्ड प्रतियोगितबाट बाहिरिसकेका छन् ।
नेपाल र भारत दुवै अघिल्ला दुई खेल जितेर क्वाटरफाइनल प्रवेश गरिसकेका छन् । सोमबारको भिडन्तले समूहविजेताको निर्क्यौल गर्नेछ ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.