पोखरा : पोखरामा सम्पन्न १४ औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जित्न सफल भएको छ ।
शनिबार भएको फाइनल भिडन्तमा मनाङले चिरप्रतिद्वन्द्वी नेपाल आर्मी क्लबलाई १–० को कठिन जित निकाल्दै आहारारा गोल्डकपको उपाधि उचाल्न सफल भएको हो ।
मनाङलाई उपाधि जिताउने क्रममा खेलको ४९ औं मिनेटमा अनिल गुरुङले दिएको क्रस पासलाई सुजल गुरुङले गरेको एक गोल नै पर्याप्त भयो ।
annapurnapost
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.