बंगलादेशमा जारी आईसीसी अन्डर १९ विश्वकप क्रिकेटमा भारतविरुद्धको खेलमा नेपालले टस हारेर ब्याटिङ सुरु गर्दैछ ।
बाक्लो हुस्सु लागेको र पिच चिसो भएकाले निर्धारित समयभन्दा केही ढिलो खेल सुरु हुँदैछ ।
नेपालले तीन पटकको विजेता राष्ट्र भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा छिमेकी राष्ट्र भारतको सामना गरेको हो ।
खेल नेपाली समय अनुसार अहिले पौने नौ बजेबाट सुरु भएको हो । समूह चरणका अन्य दुई खेलमा नेपालले टेष्ट मान्यता राष्ट्र न्यूजिल्याण्डलाई ३२ र आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा यसअघि नै पुगिसकेको छ । नेपाल र भारतवीचको अहिलेको खेलले समूह डीको विजेता र उपविजेता टुंगो लगाउनेछ ।
न्यूजिल्याण्ड र आयरल्याण्डलाई पराजित गरेको नेपाल भारतविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रिएको छ । भारत यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको तीनपटकको विजेता हो । समूह डीमा नेपाल र भारतले समान चार–चार अंक बटुलेका छन् । झिनो रनरेटमा भारत शीर्ष स्थानमा छ ।
नेपालले भारतविरुद्ध दुई पटक प्रतिस्पर्धा गरेको छ जसमा नेपालले भारतलाई हराउन सकेको छैन । सन् २००० को यू–१९ विश्वकपमा नेपाल भारतसँग ८ विकेट र सन् २०१४ को यू–१९ एसिया कपमा ९ विकेटले पराजित भएको थियो ।
news24nepal
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.