मध्य चीनमा शक्तिशाली भूकम्प
बेइजिङ–मध्य चीनमा बिहीबार ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको छ। चिनियाँ संचारमाध्यमका अनुसार भूकम्पपछि सर्वधारणमा त्रास फैलिएको छ। मानिसहरु आफ्नो घरबाहिर सडकमा निस्किएका छन्।
अमेरिकी भू–सर्वेक्षण विभागका अनुसार भूकम्पको तीव्रता ६.१ रहेको छ। भूकम्पका कारण सो क्षेत्रको टेलिफोन सेवा अबरुद्ध भएको छ। प्रत्यक्षदर्शीका अनुसार त्रसित मानिसहरु घरबाट बाहिर निस्केर माइनस २० डिग्री पुगेको तापक्रमकाबीच सडकमा बसेका छन्।
चिनियाँ अधिकारीहरुका अनुसार भूकम्पको केन्द्र किंघाइ प्रान्तको मेनयुआन काउन्टीमा जमिनभन्दा १० किलोमिटर गहिराइमा थियो। भूकम्पका कारण अहिलेसम्म कुनै मानवीय क्षति भएको विवरण नआएको संचारमाध्यमले उल्लेख गरेका छन्।
nagariknews
Post a Comment