काठमाडौंबाट अन्तरिक्ष यात्रीसंग प्रत्यक्ष कुराकानी

काठमाडौ, ६ माघ, प्रविधिको विकाससंगै अब असम्भव भन्ने केही रहेन । त्यसमा नेपालले पनि बिस्तारै फड्को मार्दै छ । काठमाडौंको नक्सालस्थित वृहस्पति विद्यासदनको प्राङ्गणबाट विद्यार्थीहरुले अन्तर्राष्ट्रिय स्पेश स्टेशनमा रहेका बेलायती अन्तरिक्ष यात्री टिमोथी पिकसँग प्रत्यक्ष कुराकानी गरेका छन् ।
 नेपालमा पहिलो पटक यसरी सीधै अन्तरिक्ष यात्रीसँग कुराकानी गरिएको हो । करीव १० मिनेट लामो कुराकानीमा बृहस्पति विद्यासदनलगायत सात विद्यालयका विद्यार्थीले अन्तर्राष्ट्रिय यात्री पिकसंग अन्तरिक्ष यात्रासम्बन्धी आफ्नो जिज्ञासा राखेका थिए ।
वृहस्पति विद्यालयका अध्यक्ष पुरुषोत्तमराज जोशीका अनुसार करीब एक वर्ष लामो प्रयासपछि एमच्योर रेडियो इन स्पेश स्टेशनले विद्यार्थीहरुका लागि अन्तरिक्ष यात्रीसँग प्रत्यक्ष कुराकानी गर्ने अवसर जुटाइदिएको हो ।aajakokhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget