भूवनको 'कलरफूल' ट्रेलरलाई टक्कर दिन डिसीको 'कन्टेन्ट'यूक्त ट्रेलर

भूवन केसीले आफ्नो निर्देशन डेब्यू 'ड्रिम्स'को ट्रेलर लन्चमा 'मेरो फिल्मको प्रतिष्पर्दा विदेशी फिल्मसँग हो' भन्ने अभिव्यक्ति दिए। भूवनको सो अभिव्यक्ति फागुन २१ गते उनको फिल्मसँगै जुध्न तमतयार भएको दिनेश डिसी निर्देशित फिल्म 'फूलै फूलको मौसम तिमीलाई' प्रति लक्षित थियो। उनले डिसीको फिल्मको नामै उच्चारण गरेनन्।
भूवनले सो भनाइ आफ्ना छोरा अनमोलको युवापुस्तामा रहेको जबरदस्त क्रेजको दम्भमा बोलेको भन्नेहरु पनि निस्किए। हाल फिल्मका कुरा हुँदा डिसी र केसी दुवै एकअर्काको फिल्म नाम पनि  उच्चारण गर्दैनन्। डिसीले भूवनको सो भनाइलाई टक्कर दिन अनमोल क्रेज भएको तर अभिनयकला नभएको स्टार भनेर प्रतिक्रिया दिए।
भूवनको सार्वजनिक भएको ट्रेलरलाई धेरैले 'कलरपूल' भनेर तारिफ गरेका छन्। दिनेशले भूवनको सो 'कलरफूल' ट्रेलरलाई काउन्टर दिन बुधबार 'फूलैफूलको मौसम तिमीलाई'को 'कन्टेन्ट'यूक्त ट्रेलर रिलिज गर्दै आफ्नो फिल्मलाई कम नआँकन संकेत गरेका छन्।


डेब्यू कलाकार आमेश भण्डारी र निता ढुगाँनाको मूख्य अभिनय रहेको फिल्मको ट्रेलरले फिल्म भिन्न खाले प्रेमकथामा आधारित रहेको देखाएको छ। डिसीको प्।रेमकथामा 'सुपर न्याचुरल संस्पेन्स थ्रिलर' कथा रहेको छ। डिसीलाई आफ्नो कन्टेन्टले दर्शक आकृष्ट गर्ने आश रहेको छ जसको छनक ट्रेलरमा देख्न सकिन्छ।
आजकल नेपाली फिल्ममा स्टार भन्दा कन्टेन्ट फिल्म चल्ने हतियार बनेको छ। डिसीले पनि फिल्ममा नयाँ कलाकार भएकाले कन्टेन्टलाई ट्रेलरमा प्रस्तुत गरेको बुझिन्छ। कन्टेन्ट र स्टारपावरको भिडन्तमा को बाँकी रहन्छ भन्ने फिल्म रिलिज पछि नै थाहा हुनेछ।

setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget