सय पूर्णांकमा जम्मा ७ अंक ल्याउँदै बढी भ्रष्टाचार हुने मुलुकको १५ औं नम्बरमा नेपाल
काठमाडौं, १३ माघ-
नेपालमा पछिल्लो समय भ्रष्टाचार बढेको एक अन्तराष्ट्रिय अध्ययनले देखाएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार नेपालमा पछिल्लो समय भ्रष्टाचार बढेको छ र बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा नेपाल पनि परेको छ ।
ट्रान्सपरेन्सीका अनुसार उसको अध्ययनका क्रममा सूचक मापन गर्दा नेपालले एक सय पूर्णांकमा जम्माजम्मी ७ अंक मात्रै पाएको छ ।
विभिन्न १ सय ६८ वटा देशमा गरिएको अध्ययनका क्रममा नेपाल बढी भ्रष्टाचार हुने मुलुकको १५ औं नम्बरमा परेको अध्ययनले देखाएको हो ।
ट्रान्सपरेन्सीले सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा, कामकारवाही लगायत सार्वजनिक क्षेत्र तथा न्यायप्राप्तिको अवस्था लगायतलाई आधार मानेर यो निश्कर्ष निकालेको हो ।
अध्ययन अनुसार विश्वमा सबैभन्दा बढी भ्रष्टाचार नेपालसहित इरान, क्यामरुन, पाराग्वे, युक्रेन र निकारागुरामा हुने गरेको छ ।
दक्षिण एसियामा भने नेपालभन्दा बढी भ्रष्टाचार बंगलादेश र अफगानिस्तान हुने गरेको पाईएको छ ।
यस्तै, कम भ्रष्ट्राचार हुने मुलुकमा भने डेनमार्क, फिनल्याण्ड र स्वीडेन परेका छन् ।
etajakhaba
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.