डा. केसी सोमबारबाट आठौं अनशनमा

काठमाडौं- चिकित्सा शिक्षा क्षेत्रका विकृतिविरुद्ध आन्दोलरत डा. गोविन्द केसीले सोमबारदेखि आठौं अनशन थाल्ने घोषणा गरेका छन्। सुरुमा एक साता र त्यसपछि दुई साता लामो अल्टिमेटम दिएका डा. केसीले आगामी सोमबार ५ बजेदेखि आठौं चरणको अनशन थाल्ने घोषणा गरेका हुन्।

चिकित्सा शिक्षा आयोग, ऐन गठन प्रक्रिया रोकेर मनमोहन मेडिकल कलेजलाई चिकित्सा विज्ञान प्रतिष्ठान अगाडि बढाएको भन्दै डा. केसीले पुस १५ गते पहिलोपटक अल्टिमेटम दिएका थिए। त्यस अवधिमा सरकारका तर्फबाट आग्रह आएको भन्दै दुई साता थपेका डा. केसीले त्यस अवधिमा पनि माग पूरा नगरेको भन्दै बुधबार नयाँ कार्यक्रम घोषणा गरेका हुन्।

उनले चिकित्सा शिक्षा आयोग तत्काल गठन गरी नीति मस्यौदालाई अविलम्ब ऐनका रुपमा जारी गर्नुपर्ने, नीति र नयाँ नीति नआउँदासम्म प्रतिष्ठानका रुपमा मेडिकल कलेज थप्ने गरी पठाएको विधेयक फिर्ता गर्नुपर्ने माग राखेका छन्। त्यसैगरी उनले विश्वविद्यालय पदाधिकारी चयनमा राजनीतिक हस्तक्षेप रोक्न विगतमा गरिएको सहमतिबमोजिम तत्काल कानुनी व्यवस्था गर्नसमेत माग गरे।

उनले अल्टिमेटम अवधि सकिएको भन्दै माग पूरा गर्ने दिशामा राज्यले ठोस कदम नचालेकाले नयाँ चरणको आन्दोलन सुरु गर्न बाध्य भएको बताए।

डा. केसीले शिक्षामन्त्रीबाट अझै पनि ती माग पूरा गर्न प्रयासरत रहेको तथा हाल संविधान संशोधनलगायत काममा केन्द्रित भएकाले थप केही समय आवश्यक भएको जनाएकाले यही माघ १० सम्म सरकारलाई समय दिने उल्लेख गरे।

'त्यतिबेलासम्म माग पूरा नभए माघ ११ गते सोमबार साँझ ५ बजेदेखि आमरण अनशन सुरु गर्ने जानकारी गराउँछु,' उनले भनेका छन्।

डा. केसीको अल्टिमेटमपछि सरकारले यसबीचमा छैठौं अनशनका क्रममा गठित चिकित्सा शिक्षा आयोग गठन प्रक्रिया सुरु गरेको जनाए पनि हस्तक्षेपका कारण शिक्षा मन्त्रालयमै अड्किएको छ। यस अवधिमा चिकित्सा शिक्षासम्बन्धी छनबिन समितिसमेत गठन भइसके पनि काम सुरु गर्नुपर्ने डा. केसीको माग छ। डा. केसीले सुरुदेखि नै मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठनसम्बन्धी विधेयक संसदमा लगिसकेको भए पनि फिर्ता लिन कुनै प्रयास नभएको उल्लेख गरेका छन्।
nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget