काठमाडौं, ७ माघ - नेपाली सेनामा एक सय ७५ जनाका लागि जागिर खुलेको छ।
नेपाली सेनाको कार्यरथी विभाग भर्ना छनौट निर्देशनालय जंगी अड्डाले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्दार पदहरुका लागि दरखास्त आह्वान गरेको हो।
नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका पदहरुमा समावेशी तथा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने नेपाली सेनाले जनाएको छ। आवेदकले आवश्यक कागजात तथा शैक्षिक योग्यताको प्रमाणपत्रसहित स्वयम उपस्थित भएर १० रुपैयाँको टिकट टाँसेर दरखास्त पेस गर्न सक्नेछन्।
दरखास्त दिन यही माघ ७ गतेदेखि फागुन ७ गतेसम्म समयसीमा रहेको र त्यसपछि दोब्बर दस्तुर तिरेर सात दिनसम्म आवेदन दिन सकिने सेनाले जनाएको छ। आवेदनसँगै सबै ट्रेडको पदिक ९प्रा।सु० का लागि चार सय रुपैयाँ, सबै ट्रेडको पदिक (प्राजम)का लागि तीन सय रुपैयाँ र सबै ट्रेडको बिल्दार (प्राअम)को लागि दुई सय रुपैयाँ आवेदन दस्तुर तिर्नुपर्नेछ। आवेदन दिनका लागि जंगी अड्डाको पश्चिममा रहेको खेल मैदान क्षेत्रमा पुग्नुपर्ने छ।
नेपाली सेनामा बहालवाला रहेको उम्मेद्वारहरुका लागि भने आवश्यक शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने भए पनि उमेर हद लाग्ने छैन । दरखास्त पेश गर्ने अन्तिम दिन फागुन ७ गते सेवा सुरु गरेको अवधि न्यूनतम एक वर्ष पूरा हुनपर्ने छ भने युनिटपतिरसम्बन्धित पतिको सिफारिस अनिवार्य रुपमा पेश गर्नुपर्ने नेपाली सेनाले जनाएको छ ।
/dcnepal
Post a Comment