तपाई कपाल झरेर हैरान बन्नुभएको छ ? खानुहोस यी ५ चिज
तपाई कपाल झरेर हैरान बन्नुभएको छ ? यदी त्यस्तो समस्या छ भने तपाईले खानपिनमा ध्यान दिनुभयो भने कपाल झर्ने समस्याबाट मुक्त हुनसक्नुहुनेछ ।
तपाईले सन्तुलित भोजन सेवन गर्नुभयो भने केही हदसम्म तपाईको कपाल झर्ने समस्या समाधान हुन्छ । सन्तुलित भोजनसँगै तपाईले यस्ता केही खाद्यपदार्थ खानुभयो भने कपाल झर्ने समस्या धेरै कम हुने चिकित्सकहरुको भनाई छ ।
अण्डा
बायोटिन तथा अन्य भिटामिन लगायतका पौष्टिक तत्वले युक्त अण्डा कपालको विकाश तथा स्वास्थ्यका लागि समेत महत्वपूर्ण छ । अण्डा खानुका साथसाथै ताडको तेलमा मिलाएर कपालमा लगाउँदा समेत कपाल झर्ने समस्या कम हुन्छ ।
पालुंगोको साग
पालुंगोलाई आइरन तथा फोलेट तत्वको भरपर्दो श्रोत मानिन्छ । कपाललाई लामो तथा स्वस्थ बनाउनका लागि पालुंगोको साग नियमित खानु लाभदायी हुन्छ ।
फोलेट तत्वले राता रक्तकोषको निर्माणमा मद्दत गर्छ जसले कपालमा अक्सिजन संचार गर्दछ ।
मुसुरको दाल
मुसुरको दालका साथै सोयाबिन, टोफू तथा सिमी र केराउलाई नियमित रुपमा भोजनमा समावेश गर्नाले सरीरमा आइरन तथा प्रोटिनको पर्याप्त आपूर्ति हुने र यसले कपाललाई स्वस्थ राख्न मद्दत गर्ने विज्ञहरुको भनाइ छ ।
शखरखण्ड
शखरखण्डमा पाइने भिटामिनहरु तथा बिटा क्यारोटिन कपाललाई स्वस्थ राख्न अनिवार्य हुने तत्व हुन् । बिटा क्यारोटिनका अन्य श्रोतहरुमा गाजत तथा फर्सी पनि हुन् ।
क्याप्सिकम
क्याप्सिकम भिटामिन सी को भरपर्दो श्रोत हो । कपाललाई स्वस्थ राख्न तथा राता रक्तकोषमा आइरनको मात्रा पर्याप्त राख्न भिटामिन सी आवश्यक पर्छ । त्यसैले क्याप्सिकमको नियमित सेवनले पनि कपाललाई स्वस्थ राखी झर्नबाट बचाउँछ ।
/annapurnapost
Post a Comment