बालुवाटार बैठकबाट बाहिरिएपछि उपेन्द्र यादवले के भने ?

काठमाडौं, माघ ७ । प्रमुख तीन दल र आन्दोलनरत् मधेसी मोर्चाबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र मधेसी मोर्चाको वार्ता निष्कर्षविहीन भएको हो ।

बैठकमा मधेसी मोर्चाले राखेका मागमा छलफल भएपनि त्यसलाई तीन दलले स्वीकार गर्न नसकेपछि कुनै सहमति हुन नसकेको हो ।

बैठकपछि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले चार महिनाअघि र अहिलेको स्थितिमा कुनै फरक नभएको बताए । उनले वर्तमान सरकारले समस्या समाधान गर्न नसक्ने भन्दै सरकार पूर्णतः असफल भएको आरोप लगाए ।

वार्तामा प्रमुख तीन दलका शीर्ष नेता सहभागी थिए । त्यसैगरी, मधेसी मोर्चाका तर्फबाट उपेन्द्र यादव, हृदयेश त्रिपाठी, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सहभागी थिए ।

यसअघि दुबै तर्फका नेताहरु सम्मिलित कार्यदलले ठोस निर्णय गर्न नसकेपछि मोर्चाले शीर्षस्तरको वार्तामा मात्र सहभागी हुने निर्णय गरेको थियो ।
imagekhabar-
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget