एमालेको कार्यक्रम विथोल्न मोर्चा आन्दोलित, रंगेली बजार बन्द

प्रधानमन्त्रीसहित नेकपा एमालेका आधादर्जन नेताहरूको सहभागितासहित युवा संघ नेपालले मोरङको रंगेलीमा आयोजना गर्न लागेको कार्यक्रम संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अवरोध गर्ने भएको छ।
बिहीबार प्रधानमन्त्री केपी ओलीसहित नेताहरूको सहभागितामा युवा संघ केन्द्रीय कमिटीले रंगेलीमा तराई मधेस संवाद तथा जनजागरण अभियान कार्यक्रम गर्न लागेको छ। उक्त कार्यक्रमको अवरोध गर्न भन्दै मोर्चाले बिहानैदेखि रंगेली बन्द गराएका छन्।
मोर्चाका स्थानीय कार्यकर्ताले रंगेलीका विभिन्न ठाउँमा टायर बालेर अवरोध गरिरहेका छन् भने बजार र यातायात सञ्चालन हुन दिएका छैनन्। एमालेको कार्यक्रम सफल बनाउन पहरा दिइरहेको प्रहरीले जनाएको छ।
एमालेले इलाका प्रहरी कार्यालय अगाडि कार्यक्रम गर्ने तयारी गरेको छ।
कार्यक्रम स्थलबाट २०० मिटर अगाडि लाडीसहित मोर्चाका कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका छन्।
यसैबीच एमालेले कार्यक्रममा प्रधानमन्त्री नआउने बताएको छ।
यसअघि बुधबार बसेको स्थानीय सर्वदलीय बैठकले एमालेलाई यहाँ कार्यक्रम नराख्न सुझाव दिएको थियो।
तमलोपा जिल्ला अध्यक्ष मोहम्मद कादिरले भने, ‘एमालेलाई यहाँ कार्यक्रम नराख्न आग्रह गरेका थियौं। उहाँहरूले नमानेपछि  त्यसको शान्तिपूर्ण विरोध गरेका हौ।’
‘हिजो प्रहरीले लाठी चार्ज गर्यो। हाम्रा कार्यकर्ताहरू घाइते भएका छन्। त्यसको विरोधमा पनि हामी आज शान्तिपूर्ण आन्दोलन गर्छौ।’setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget