बालकलाई बोक्सी लागेको भन्दै तातो फलामले डाम्ने झाँक्री हिरासतमा जितेन्द्र भण्डारी

पाँचथर, माघ ७ । पाँचथरको ओयाम–१ मा १४ महिने बालकलाई तातो फलामले डाम्ने झाँक्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फाक्लुङका धनबहादुर राईका १४ महिने बालक दिपसन राई झाडा–पखालले सिकिस्त भएकोमा झाँक्री सुकबहादुर राईले बोक्सी लागेको भन्दै फाली र ढुंगा तताएर डामेका थिए ।

बालकलाई थप उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएको छ । बालकको अवस्था गम्भीर भएपछि उपचारका लागि जिल्ला अस्पताल ल्याइएको आमा उर्मिला राईले बताइन् ।

झाँक्रीले डामेको १३ दिनपछि मात्रै बालकलाई अस्पताल ल्याइएको हो ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget