मुम्बई– सर्वाधिक सफल फिल्म 'बाहुबली' का अभिनेता प्रभाष यही वर्षको अन्तसम्ममा विहे गर्ने भएका छन्। भारतीय संचारमाध्यमले प्रभाषका काका र अभिनेता कृष्णम राजुलाई उद्धृत गर्दैअनुसार प्रभाष यही वर्षको अन्त्यसम्ममा विवाह बन्धनमा बाँधिने उल्लेख गरेका छन्।
कृष्णम राजूले आफूसँग प्रभाषले यो वर्षको अन्तिमसम्मका विवाह बन्धनमा बाँधिने वचन दिएको बताए। वर्षको अन्त्यसम्ममा बाहुबली–२ को शुटिङ सकिने र विवाहको लागि छुट्टी लिने संचारमाध्यमले जनाएका छन्। प्रभाष अहिले आफूलाई लायक बेहुलीको खोजीमा रहेका छन्। ३६ वर्षीय प्रभाष तेलुगू फिल्म उद्योगका व्यस्त नायक हुन्। अहिले उनी बाहुबलीः द कन्फ्युजनको शुटिङमा व्यस्त छन्। यो फिल्म अर्को वर्षको सुरुवातमा रिलिज हुने बताइएको छ।
nagariknews
Post a Comment