यी हुन् पेरिसमा १३० को ज्यान लिने आईएस लडाकू

बेरुत (लेबनान) : आईएसआईएसले आइतबार सार्वजनिक गरेको प्रोपोगन्डा भिडियोमा बेलायतसहित अमेरिकाका ९ सहयोगी देशलाई हमलाको धम्की दिएको छ ।

भिडियोमा पेरिसमा हमला गर्ने नौजना आतंकवादीलाई पनि देखाइएको छ ।  १७ मिनेट लामो भिडियोको शीर्षक 'किल भेयरएवर यु फाइन्ड देम' रहेको छ ।

भिडियोमा पेरिस आक्रमणका मास्टरमाइन्ड अब्देलहामिद अबौउदलाई पनि देखाइएको छ । उनलाई हमलाको केही दिनपछि फ्रेन्च प्रहरीले मारिदिएको थियो ।

भिडियो पेरिस आक्रमणअघि नै बनाइएको हो । किन कि यसमा देखिएका आईएसका सदस्यहरु बोलिरहेका छन् ।

पेरिसमा आक्रमण गर्नेमध्ये चार बेल्जियम, तीन फ्रान्स र दुई इराकी नागरिक थिए। भिडियोमा उनीहरुलाई सिंहको उपमा दिइएको छ । यो भिडियोमा आतंकवादीले बन्धकहरुको शिर काटिरहेको र गोली हानिरहेको देखाइएको छ।

यसमा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन र हाउस अफ कमन्सका सभामुख जोन बर्काउलाई मार्ने धम्की दिइएको छ । भिडियोमा पेरिस आक्रमण र त्यसपछि फ्रेन्च सुरक्षाकर्मीद्वारा चलाइएको अपरेशनको फुटेज पनि देखाइएको छ ।

भिडियोको एउटा भागमा लण्डन, सेन्ट पोल क्याथेड्रल र टावर ब्रिज देखाइएपछि बेलायती प्रधानमनन्त्री क्यामरुनलाई देखाइएको छ ।

त्यसपछि फुटेलमा टेक्स्ट म्यासेजमा लेखिएको छ, 'जो कोही विधर्मीकासाथमा  उभिनेछ, हामी उसलाई तरवारले काटेर मार्नेछौं ।'

मास्टरमाइ्ड अबौउदले धम्की दिँदै भनेका छन्, 'हामी तिमीलाई मर्न दिँदैनौ। चाहे तिमी पर्यटकको भेषमा घुमिरहेका हौ या व्यापारिक भ्रमणमा निस्केकौ हौ ।'

बेलायती सरकारका प्रवक्ताले भिडियो डरलाग्दो भएको बताउँदै त्यसबारे जाँच चलिरहेको बताएका छन् । annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget