संशोधन मधेशीको पक्षमा छैन, आन्दोलन रोकिदैन : महतो

हुलाकी न्यूज, बिराटनगर १० माघ । संविधान संशोधन भए पनि मधेशी मोर्चाको आन्दोलन जारी रहने छ। तीन दलद्वारा आपसी सहमतिमा भएको संविधानको पहिलो संशोधनले आन्दोलनको मागलाई संबोधन गर्न नसकेको भन्दै आन्दोलन जारी राख्ने मोर्चाका एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताएका छन् ।

संविधान संशोधन पछि प्रतिक्रिया दिंदै अध्यक्ष महतोले सीमांकनको मांग पूरा नभएसम्म कुनै हालतमा आन्दोलन नरोकिने स्पष्ट पारेका छन्। बिराटनगरमा पत्रकारहरूसंग कुराकानी गर्दै महतोले तीन दलले बेईमानी गरेको आरोप लगाएका छन्।

उनले भने ‘पहिले संविधान बनाउंदा बेइमानी पछि संविधान संशोधनमा पनि बेइमानी गरेका छन ।’  महतोले शब्दको जालमा मधेश आन्दोलनलाई मत्थर पार्ने षड्यंत्र गरिएको बताए ।

पत्रकारहरूको प्रश्नको जवाफमा महतोले भने ‘सीमांकन मधेशी जनताको प्रमुख मांग हो, त्यो पूरा नभए सम्म कुनै पनि हालतमा आन्दोलन रोकिने वाला छैन्।’

उनले भने- ‘सीमांकनको लागि हाम्रो दबाब अझै पुगेन, काठमाण्डौमाथि दबाब बनाउन मधेशमा आन्दोलनरत सबै पक्षलाई मिलाएर महागठबन्धन बनाउने प्रयास शुरू गरेका छौं।’ महतोले सीमांकनलाई सहमतिको बटम लाईन बताउंदै मधेशमा दुई प्रदेशको लागि चांडैनै महागठबन्धन बनाई आन्दोलन नयां ढंगले अगाडि बढाउने बताए।

आन्दोलनको स्वरूप परिवर्तन र नाकाबन्दी खोल्ने सवालमा महतोले भने त्यो मोर्चाको बैठकले तय गर्ने हो। भोलि सोमवार संयुक्त लोकतांत्रिक मधेशी मोर्चाको बैठक काठमाण्डौमा हुनेछ र त्यस बैठकले आन्दोलनको स्वरूप, आन्दोलनको आगामी कार्यक्रमहरू तय गर्नेछ ।

मोरंगको रंगेलीमा प्रहरीको गोलीबाट मारिएका शहीद परिवारलाई भेट्न बिराटनगर आई पुगेका अध्यक्ष महतोले शनिबार रंगेली, डायनियां र बरडेंगा गई भेटेका थिए। साथै धरानमा उपचारत घाईतेहरूलाई समेस भेटेका थिए।hulakinew
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget