करिश्मा यसकारण 'नयाँ शक्ति'मा


पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आइतबारबाट ३५ जना सदस्य रहेको नयाँ शक्ति घोषणा गरे जसमा तीन जना नेपाली चलचित्रकर्मी सरोज खनाल, अशोक शर्मा तथा करिश्मा मानन्धर पनि अटाएका छण्। यसअघि पनि नेपाली फिल्म कलाकारहरु विभिन्न राजनीतिक पार्टीमा आबद्ध भएका छन्। यसअघि कुनै राजनीतिक पार्टीमा नलागेकी करिश्माले बाबुरामको नयाँ शक्तीमा समावेशीको सिद्धान्त मनपरेकोले लागेको संक्षिप्त प्रतिक्रिया दिइन्।
उनले नयाँ शक्तिमा आफू लाग्नुको कारण यस्तो दिइन्:
तीन महिनाअघिदेखि नै डाक्टरसाबले बिभिन्न क्षेत्रका मानिसलाई नयाँ शक्तिमा ल्याउने अभ्यास गरिरहनु भएको थियो । त्यहीअनुरुप फिल्मक्षेत्रका व्यक्तिसँग पनि छलफल गर्नुभएको थियो । छलफलमा उहाँले बोल्नुभएको कुरा मलाई मन पर्यो‍ । यो अन्योलको स्थितिमा उहाँले ल्याउनुभएको सोच मन परेको हो । त्यो के भने युवा, हाम्रो उमेरसरहका र बृद्धासम्म सबै उमेर समुह र विचारधाराका मानिसलाई स्वागत छ भन्नुभएको छ । देशलाई ‘आर्थिक समृद्धको देश’ बनाउने भन्नुभएको छ, त्यो मलाई मनपरेको हो ।

म अहिले कुनै पनि राजनीतिक विचारधारामा सहमत भएको थिइन । अहिले यसमा सहमत भएर लाग्दैछु । तर, कोही पनि जनता राजनीतिभन्दा पर हुन सक्दैन । अरु फिल्मकर्मीलाई पनि नयाँ शक्तिको विचारधारा मन परेको खण्डमा आउन अनुरोध गर्छु । अन्य फिल्मकर्मीसँग पनि डाक्टरसाबले कुरा गरिरहनुभएको छ । setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget