नेपाली फुटबल खेलाडीलाई स्वागत गर्न कालोटोपीमा सजिएर एसएसपी खनाल विमान स्थलमा, उपाधीसँगै सर्वेन्द्रको चर्चा

बीणा भट्टराई, डिसी नेपाल डटकम
काठमाडौं, १० माघ - नेपाली फुटबल खेलाडीलाई स्वागत गर्न कालोटोपीमा सजिएर नेपाल प्रहरीका एसएसपी सर्वेन्द्र खनाल शनिबार विमान स्थलमा पुगेका थिए।

विमान स्थल पुग्दा आम जनताको ध्यान खेलाडीसँगै एसएसपी खनालमा पनि परेको थियो। २३ वर्ष पछिको खडेली अन्त्य गर्दै उपाधी हात पार्नुका पछाडी एसएसपी खनालको हात छ भन्नेमा जनता दुई मत थिएनन्। खेलाडीहरुलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा पुगेकाहरुको भिडमा धेरैको ध्यान र बधाइ सर्वेन्द्रमा गएको थियो।

एसएसपी खनालले फुटबल फ्यानहरुको बधाइ खानुको कारण हो, म्याच फिक्सिङ प्रकरण । करिब चार महिनाअघि नेपाली फुटबल कप्तान सागर थापासहित चार खेलाडी र एक पूर्वप्रशिक्षकलाई म्याच फिक्सिङको आरोपमा पक्राउ गरेर हिरासतमा राख्ने खनाल नै थिए ।

सन् २००८ देखि नेपालले खेलेका अन्तर्राष्ट्रिय म्याचहरु पैसा लिएर हारेको आरोप लगाउँदै ती खेलाडीहरुमाथि प्रहरीले अदालतमा मुद्दा दायर गरेको छ । भलै अदालतबाट अन्तिम फैसला आउन बाँकी छ, तर, यतिबेला धेरै फ्यानहरु के कुरामा विश्वस्त देखिन्छन् भने विगतमा म्याच फिक्सिङले गर्दा नै नेपालले लगातार खेल हारिरहेको रहेछ ।

नेपालले २३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलको उपाधि जित्दा खेलाडीहरुलाई स्वागत गर्न एसएसपी खनाल विमानस्थलमा पुग्नुको रहस्य पनि सायद यही नै थियो ।

‘नेपालले सेमिफाइनल म्याच जितेदेखि नै मलाई बधाइका फोन र सन्देशहरु आइरहेका छन्,’ विमानस्थलमा खनालले भने, ‘धेरैजनाले नेपालको फुटबल ट्र्याकमा ल्याएको भनेर आभार प्रकट गर्नुभएको छ र मलाई पनि खुशी लागिरहेको छ ।’
dcnepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget