रंगेली घटनापछि वीरगञ्ज पुनः तनावग्रस्त : एसपीको गाडी तोडफोडको प्रयास

वीरगञ्ज – मोरङमा बिहिबार प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएपछि केही दिनदेखि शान्त रहेको वीरगञ्ज पुनः तनावग्रस्त बनेको छ । हिजोको घटनाको विरोधमा शुक्रबार बिहानैदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् ।
मोर्चाका कार्यकर्ताहरुले बजार र यातायात बन्द गराएका छन् भने ठाउँ–ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
केही समयअघि प्रहरीको एसपीको गाडी मोर्चाका कार्यकर्ताहरुले रोक्न खोजेपछि तनाव बढेको थियो । मोर्चाका कार्यकर्ताहरुले गाडीमाथि ढुंगामुढा समेत गरेका थिए । त्यसपछि केही बेर झडपसमेत भएको थियो ।
वीरगञ्जको स्थिति अहिले पनि तनावपूर्ण रहेको छ ।
.ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget