काठमाण्डु, ८ माघ– पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो भावी योजना बनाउन थाइल्याण्ड गएका छन् ।
उतैबाट भारत र चीनका राजनीतिज्ञसँग भेट गर्ने चाँजोपाँजो मिलाउँदै पूर्वराजा ज्ञानेन्द्र आफ्ना निजी सचिव सागर तिमिल्सिनाका साथ थाइल्याण्ड गएका हुन् ।
शाह बुधबार थाई एयरवेजको नियमित उडानबाट दिउँसो साढे १ बजे थाइल्याण्ड उडेका थिए ।
करिब एक महिना लामो बसाइका लागि थाइल्याण्ड गएका पूर्वराजा शाह उतैबाट भारत जाने सम्भावना रहेको स्रोतले जनाएको छ ।
करिब डेढ महिनादेखि पूर्वरानी कोमल थाइल्याण्डमा बस्दै आएकी छन् । भावी योजना बनाउन पूर्वराजाले यसअघि नै आफ्नो बालसखा प्रभुशमशेरलाई थाइल्याण्ड पठाइसकेका छन् ।
थाइल्याण्ड जानुअघि ज्ञानेन्द्रले महेन्द्र मञ्जिलमा बस्दै आएकी आमा रत्नलाई भेटेर भ्रमणबारे जानकारी गराएका थिए ।
नेपाल समाचारपत्रबाट
-kathmandutoday
Post a Comment