कलैया, ८ माघ । संयुक्त मधेसी मोर्चा बाराका कार्यकर्ताहरुले आज बिहान करिब ८ बजे भरत चोकमा दुईवटा मोटरसाइकलमा आगजनी गरेका छन् ।
भारतको आधापुरबाट मोटरसाइकलमा ग्यालेनमा राखी पेट्रोल ल्याएको भेटेपछि मोर्चाका कार्यकर्ताले मोटरसाइकल चालकलाई कुटपिट गर्नुका साथै ना१०प २८२५ र लु१प ९५५० नं का दुईवटा मोटरसाइकल आगजनी गरी नष्ट पारेका छन् ।
सो घटनाका कारण अहिले भरत चोकमा सुरक्षाकर्मी र मोर्चाका कार्यकर्ताबीच तनाव भइरहेको छ । रासस
Post a Comment