नवयुग भन्छन्, ‘ह्याट्रिक सोचेकै थिइनँ’

काठमाडौं – राष्ट्रिय फुटबल टिमका फरवार्ड नवयुग श्रेष्ठ र गोलकिपर विके कुथु एकै क्लब त्रिभुवन आर्मीका खेलाडी हुन् । यी दुई अहिले ढाकामा होटलको एउटै कोठामा बस्छन् । अर्थात् रुम मेट हुन् । नवयुगले मंगलबार बिहानै माल्दिभ्सविरुद्द आफूले गोल गर्ने विकेशलाई बताएका थिए ।

‘उनले बिहानै आज गोल गर्छु भनेका थिए । उनी कन्फिडेन्स देखिएका थिए,’ विकेशले ढाकाबाट भने, ‘राम्रो खेल्दै गोल गरेर उनले आफ्नो बाचा पूरा गरे ।’ उनले अन्तर्राष्ट्रिय फुटबलमा गोलको खाता मात्रै खोलेनन् , ह्याट्रिक नै गरे । त्यसैले नेपाल माल्दिभ्सलाई ४–१ ले हराएर बंगबन्धु गोल्डकपको फाइनलमा नै पुग्यो ।
खेलमा ह्याट्रिक गरेर चर्चामा आएका नवयुग आफैंले पनि ह्याट्रिक गर्ने सोचेका थिएनन् । ‘गोल जसरी नि गरिन्छ भन्ने जोसमा खेल सुरु गरेको थिएँ, तर ह्याट्रिक नै गर्नेचाहिँ सोचेको थिइनँ,’ उनले भने, ‘यसले धेरै खुसी बनायो ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।
ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget