प्रधानमन्त्री केपी शर्मा ओलीले एक साताअघि नियुक्त भएका ६ जना राज्यमन्त्रीहरुलाई शुक्रबार पद तथा गोपनियताको सपथ खुवाएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह आफ्नै कार्यालयमा ६ जना राज्य मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्।
राज्यमन्त्रीहरुलाई सपथ खुवाउने क्रममा प्रधानमन्त्री ओलीले सपथको व्यहोरो पढेनन्। उनले सुरुमै आफूले म उच्चारण गरेपछि सपथको सबै व्यहोरा आफैं पढ्न राज्यमन्त्रीहरुलाई निर्देशन दिएका थिए। राज्यमन्त्रीहरुले प्रधानमन्त्रीको निर्देशन अनुसार नै सपथको व्यहोरा पढे।
setopati
Post a Comment